Above Article Ad
  • झापामा श्रीमतीलाई रडले प्रहार गरेपछि तीनतलाबाट हामफालेका वृद्धको मृत्यु

    Above Article Content Ad
  • झापा – झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकमा श्रीमतीमाथि फलामको रडले प्रहार गरेपछि तीनतलाबाट हाम्फालेका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार विहान करिब ५ः३० बजे ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरी घाइते बनाएका थिए।

    Article inline ad #1
  • घटनापछि घाइते गंगामुनीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। उनको पेटमा चोट लागेको भए पनि अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    श्रीमतीलाई घाइते बनाएलगत्तै घिरेन राजवंशी घरको तेस्रो तलामा पुगेका थिए। त्यसपछि उनले माथिबाट हाम्फाल्दा टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई समेत उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो।

    उपचारकै क्रममा साँझ ६ः४५ बजे घिरेन राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6