Above Article Ad
  • गौरीफन्टामा कपडा तस्करीसहित एक महिला पक्राउ

    Above Article Content Ad
  • गौरीफन्टा-भारत–नेपाल सीमा क्षेत्रमा अवैध तस्करी नियन्त्रणका लागि सञ्चालन भइरहेको ‘कवच योजना’ अन्तर्गत खीरी प्रहरी र गौरीफन्टा प्रहरीले संयुक्त कारबाही गर्दै कपडा तस्करीमा संलग्न एक नेपाली महिलालाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार १८ मे २०२६ का दिन पलिया–गौरीफन्टा मार्गमा एसएसबी क्याम्पबाट करिब ५०० मिटर अगाडि जंगलतर्फको कच्चा बाटोबाट नेपालतर्फ जाँदै गरेकी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ की बिस्ना भट्टलाई भारतीय प्रहरीले नियन्त्रणमा लिइएको हो।

    Article inline ad #1
  • जाँचका क्रममा प्लास्टिकका पाँच बोरा भित्र लुकाइछिपाइ ल्याइएका १५९ थान लेडिज सुट, ११ थान साडी र १२ थान फ्रक बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद कपडाको अनुमानित मूल्य ९५ हजार रुपैयाँ रहेको छ

    Article inline ad #2

    बरामद सामानलाई नियमानुसार सिजर गरी आवश्यक कारबाहीका लागि कस्टम कार्यालय गौरीफन्टामा बुझाइएको छ। उक्त कारबाही गौरीफन्टा प्रहरी चौकीको नेतृत्वमा खीरी जिल्लाका प्रहरी अधिकारीहरूको टोलीद्वारा सम्पन्न गरिएको जनाइएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6