Above Article Ad
  • दोदा नदी पुनर्वासीका लागी अभिषाप बन्दै, जंगली जनावरको आतंक उस्तै

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वास भएर बग्ने दोदा नदी, यस क्षेत्रका किसानका लागी अभिषाप बन्दै गएको छ । दोदा नदीमा बर्षेनी आउने बाढी, डुबान र कटानका कारण यस क्षेत्रका नागरीकले सास्ती खेप्दै आइरहेका छन् । बिशेषगरी पुनर्वास नगरपालीकाको १, २, १०, ५, ७, ८ र ९ नंम्वर वडाहरु भएर दोदा नदी बग्ने गर्छ । बर्षेनी आउने बाढीका कारण किसानले लगाएको खेतीबाली नष्ट गर्नुकासाथै धनजनको क्षती समेत हुने गरेको छ । जसका कारण यहाँका जनताको खाद्य अधिकार हनन हुदै गएको नगर स्तरीय खाद्य सञ्जाल पुनर्वासका अध्यक्ष कञ्चन गीरीले बताउनुभयो ।

    गत बर्ष आएको बाढीले यस क्षेत्रको किसानले झण्डै ४ सय बिगाहा जमीनमा लगाएको धानखेती, उखुखेती नष्ट हुदा समेत कुनै किसीमको रहात नपाएको उहाँले बताउनुभयो । यस्तै सिमा तथा दोदा नदी प्रभाबित खाद्य अधिकार समुह परासनका अध्यक्ष राम बहादुर रानाका अनुसार दोदा नदीले स्थानीयको खुशी नै खोसेको बताउनुभयो । किसानले खेती लगाउँछ, तर कहिले दोदाले कहिले भारतबाट आउने जंगली जनावरका कारण पुरै खेती नै सखाप हुने गरेको उहाँले बताउनुभयो । यसरी किसानले काम मात्रै गर्ने खान नपाउदा यहाँका जनताको खाद्य अधिकार हनन् भएको तर सरकारले कुनै किसिमको चासो नदीएको प्रति दुखेसो ब्यक्त गर्नुभयो । तर किसानले भने जस्तो नभएको पुनर्वास नगरपालिकाले जनाएको छ ।

    Article inline ad #1
  • पछिल्लो समय यस क्षेत्रका किसानलाई दादोको प्रकोपबाट बचाउन ठाउँठाउँमा तटबन्धनको काम भैरहेको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बताउनुभयो । जनताको तबन्ध कार्यक्रम अन्तरगत, एन.एन.एस.डब्लु.ए. अन्तरगत काहीँ जैबिक र काँही जाली सहितको तटबन्धन भैरहेको उहाँ बताउनुहुन्छ । संघिय सरकारले योजना राखे मात्रै दोदा तथा जंगली जनावरबाट पारेको समस्या समाधान गर्न सकिने उहाँको तर्क छ । किसानको समस्या छ, बुझेका पनी छौ तर सबै प्रयास गर्दा पनी किसानलाई राहात दिन नसक्दा आफ्ु दुःखीत रहेको उहाँले बताउनुभयो । भारती दुधवा राष्ट्रिय निकुञ्जबाट आउने जनावरको रोकथामका लागी बिद्युतिय तारबार गरीएको पनी उहाँले बताउनुभयो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by