Above Article Ad
  • भारतमा रोजगारीको नाममा नेपाली युवा ठग्ने गिरोहका १२ जना पक्राउ

    Above Article Content Ad
  • सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले भारतीय दूतावासको सहयोगमा उनीहरूलाई पक्राउ गरी नेपाल ल्याएको हो।

    Article inline ad #1
  • पक्राउ पर्नेमा गुल्मीको घुर्टकोट गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय विक्रम परियार, २३ वर्षीय प्रभास विक, सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ११ का २३ वर्षीय रामबालक मण्डल, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर २ का २४ वर्षीय सुमन घिमिरे, २५ वर्षीय रित भुजेल र पनौती-६ का ३४ वर्षीय दीपेश तामाङ सिङतान रहेका छन्।

    Article inline ad #2

    यस्तै, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका-६ का २५ वर्षीय पंकज विश्वकर्मा, ओखलढुङ्गाको खिजिदिम्बा-१ का २५ वर्षीय धिरज सुनुवार, पर्वतको ब्यादी-६ का २४ वर्षीय दिनेश काफ्ले, मकवानपुरको मनहरी-३ का २४ वर्षीय प्रकाश अर्याल, पाल्पाको रिम्दीकोट-९ का २४ वर्षीय सुरज गोतामे र रुपन्देहीको सिद्धार्थनगर-८ का २८ वर्षीय सागर विकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाका अनुसार कैलालीको गौरीगंगा नगरपालिका–२ का २२ वर्षीय चक्रबहादुर साउदसहितका व्यक्तिहरूले युवाहरूलाई भारतको उत्तर प्रदेशस्थित ‘विन्सपायर वर्ल्ड कम्पनी’मा रोजगारी दिलाइदिने भन्दै प्रलोभनमा पारेको सूचनाका आधारमा अप्रेसन गरिएको थियो।

    प्रहरीका अनुसार गिरोहले युवाहरूलाई भारत पुर्‍याएर सात दिनसम्म तालिम र प्रशिक्षणका नाममा मानसिक तथा भावनात्मक रूपमा प्रभावित बनाउने, कम्पनीको होस्टेलमा राख्ने, परिवारसँग सम्पर्क गर्न नदिने र मोबाइल नियन्त्रणमा लिएर निगरानी गर्ने गरेको खुलेको छ। मोबाइल प्रयोग गरेको भेटिए धम्की दिने गरेको आरोप पनि उनीहरूमाथि छ।

    अनुसन्धानका क्रममा उक्त कम्पनीमा सामान्य कामका लागि प्रतिव्यक्ति १० हजार भारतीय रुपैयाँ असुल्ने र पछि क्रमशः ‘क्लास’ तथा ‘नेटवर्क विस्तार’को काममा संलग्न गराइने गरेको पाइएको प्रहरीले जनाएको छ।

    गिरोहले नयाँ व्यक्तिलाई भर्ना गराए प्रतिमहिना ३५ देखि ४० हजार भारतीय रुपैयाँ तलब पाइने र थप सदस्य भित्र्याए प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म आम्दानी हुने भन्दै प्रलोभन दिने गरेको उजुरीमा उल्लेख छ। साथै प्रतिव्यक्ति एक लाख भारतीय रुपैयाँ जम्मा गरे ठूलो आम्दानी हुने आश्वासनसमेत दिइएको थियो।

    पीडितहरूले आफूहरू ठगी तथा मानसिक दबाबमा परेको भन्दै जेठ २२ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए। उजुरीपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको समन्वयमा भारतीय प्रहरी, भारतस्थित नेपाली दूतावास, भारतीय दूतावास तथा सम्बन्धित संस्थाको सहयोगमा देहरादुनमा रहेका पीडितहरूको उद्धार गरिएको थियो।

    घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरू नेपाल प्रवेश गर्न खोजिरहेका बेला असार २५ गते साँझ महेन्द्रनगरस्थित गड्डाचौकी नाकाबाट नियन्त्रणमा लिइएको मङ्गलवार धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो।

    पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार ठगीसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ। ठगीमा संलग्न केही व्यक्ति फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6