
एक वर्षमा विपतका घटनामा ४० जनाको मृत्यु
धनगढी-सुदूरपश्चिम प्रदेशमा विपतका घटनामा एक वर्षमा ४० जनाले ज्यान गुमाएका छन्।
यसै गरी जनावर आक्रमणबाट चार, आगलागीबाट तीन, हावाहुरीबाट एकलगायत अन्य घटनामा छ जनाले ज्यान गुमाएका जनाइएको छ । यस अवधिमा ८८ पुरुष र १११ महिला गरी १९९ जना घाइते भएको केन्द्रको बुलेटिनमा उल्लेख छ। २०८१ साउन १ देखि असार ३२ गतेसम्म प्रदेशमा ७९७ वटा विपत्का घटना भएका थिए। घटनामा दुई हजार ३८० परिवार प्रभावित भएका छन्।
यसैबिच प्रदेशवासीलाई मनसुनजन्य विपत्बाट जोगाउन र हुन सक्ने क्षति न्यूनीकरणका लागि मन्त्रालयले प्रदेश विपत् प्रतिकार्ययोजना तयार पारेको छ। मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण काम गरेर तयार भएको र समितिबाट पारित हुन मात्रै बाँकी रहेको सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताए।


























