
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
Above Article Content Ad
काठमाडौं -नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४२ हजार २५ रुपैयाँ कायम भएको छ ।
Article inline ad #1
यसैगरी, चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँ रहेको चाँदी मंगलबार २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ४०४ रुपैयाँ कायम भएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















