Above Article Ad
  • सुदूरपश्चिमका राम सिंह बोहरा प्रहरी निरीक्षकमा बढुवा, डीआईजी भट्टराईले दिए दर्ज्यानी चिह्न

    Above Article Content Ad
  • धनगढी -सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले प्रहरी निरीक्षकमा बढुवा भएका राम सिंह बोहरालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

    गृह मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार २०८३ कात्तिक ५ गतेदेखि लागू हुने गरी प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा भएका बोहरालाई मंगलबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

    Article inline ad #1
  • प्रहरी नियमावली, २०७१ को नियम १२९ को उपनियम (२) र (२क) को देहाय (क) बमोजिम बोहराको बढुवा भएको हो। गृह मन्त्रालयले गत असोज २७ गते बढुवासम्बन्धी निर्णय गरेको थियो।

    Article inline ad #2

    दर्ज्यानी चिह्न प्रदान गर्दै प्रदेश प्रहरी प्रमुख भट्टराईले संगठनमा सक्रिय सदस्यका रूपमा रहेर अनुशासित, अनुभवी र निष्ठावान् प्रहरी कर्मचारीका रूपमा नागरिक सेवामा बोहराले पुर्‍याएको योगदानको उच्च कदर गरे। उनले बढुवाका लागि बधाई दिँदै व्यावसायिक तथा व्यक्तिगत जीवनको सफलताको कामनासमेत गरे।

    कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्ट, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6