
सुदूरपश्चिम सरकारले अस्पतालमा खटाएका कर्मचारीलाई मेयरको अवरोध
Above Article Content Ad
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि खटाएका कर्मचारीलाई नगर प्रमुख सुशिला शाहीले नगर प्रहरी लगाएर कार्यालयबाटै बाहिर निकालेकी छन् । प्रदेश सरकारले खटाएका कर्मचारीहरूले साेमबार कार्यालय प्रवेश गर्न खोज्दा विभिन्न तवरले कर्मचारीहरुको अपमान गर्दै कार्यालयबाट बाहिर लखेटेकी हुन्।
पीडित कर्मचारीहरूले नगर प्रमुख शाहीले “प्रदेश सरकारको यहाँ कुनै अधिकार छैन” भन्ने अभिव्यक्ति दिँदै आफूहरूलाई अपमानजनक व्यवहार गरिएको आरोप लगाएका छन्। उनीहरूले नगर प्रहरी परिचालन गरेर कार्यालयबाट बाहिर निकालिएको घटनालाई “गुण्डाशैली” को संज्ञा दिएका छन्। निमित्त मेडिकल सुपरिटेन्डेन्टमा खटाइएका डा. कमलेश प्रसाद यादव भने हालसम्म कार्यालयमा हाजिर हुन पुगेका छैनन्।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad


























