Above Article Ad
  • पुनर्वासको लमजुङ कालिका मन्दिरमा मुर्ति स्थापना

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुर को पुनर्वास नगरपालिका ६ मा रहेको कालिका लमजुङ कालिका मन्दिरमा मुर्ति स्थापना गरिएको छ ।
    हाम्रो गौरव हाम्रो सान धर्म संस्कृति हाम्रो पहिचान मुल नारा सहित श्री कालिका लमजुङ कालिका मन्दिर व्यवस्थापन समिति द्वारा आईतवार प्राण प्रतिष्ठाका साथ मुर्ति स्थापना एंबं १०८ द्रिप प्रज्वलन र घटस्थापना गरिएको छ ।
    मन्दिरमा मुर्ति स्थापना को उद्घाटन गर्दै पुनर्वास नगरपालिका नगर प्रमुख तोया प्रसाद शर्माले धार्मिक स्थलको विकास ले समाजलाई सत्मार्गमा डोर्‍याउन मद्दत पुग्ने तथा विकृति विसंगति देखि टाढा राख्ने बताउनुभयो , नगर उप प्रमुख भुलिया कुमारी रानाले मन्दिर स्थापना तथा भगवान प्रतिको आस्थाले मानिसलाई सभ्यताको बाटोमा डोर्याउने तथा पुजापाठ तरफ आकर्षित गर्ने बताउनुभयो , वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामाले वडा नम्बर ६ का स्थानीयले मन्दिर संगै मुर्ति स्थापना गरेर निकै उदाहरणीय कार्य गरेको बताउनुभयो यस्ता धार्मिक क्रियाकलापले भावि पिडिहरूलाई समेत कुलतबाट टाढा राख्न मद्दत पुग्ने तथा समाजमा जिम्मेवार नागरिक का लागि प्रेरणादायी हुने बताए ।
    मन्दिर व्यवस्थापन संरक्षक खगराज बराल द्वारा गरिएको दस धुर क्षेत्रफलमा कालिका लमजुङ कालिका मन्दिर निर्माण गरिएको छ भने
    मन्दिरलाई लमजुङ ओख्य प्रेम वस्ति निवासी स्वर्गिय पिताम्वर बराल तथा स्व भागरथि बगलका छोरा बुहारी समाजसेवि वासुदेव बराल र उहाका धर्मपत्नि पार्वती बराल बाट (पचास हजार पाँचसय बराबरको मूर्तिमा घण्ट उपहार गरिएको छ ।त्यसतै लमजुङ जिल्ला जिता देउराली जन्मी हाल पुनर्वास नगरपालिका वडानं ४ निवासी स्वर्गिय रामकृष्ण पौडेलकी धर्म पनि कृष्ण कुमारी पौडेल ले आफ्नो स्वर्गिय पति रामकृष्ण पौडेल र छोरा स्वर्गिय नरेन्द्र पौडेल को संझनामा रु पच्चिस हजार पाँचसय पच्चिस वरावर मा निर्माण गरीको दिप बत्ती सहयोग गरिएको छ ।कार्यक्रममा पुनर्वास का विभिन्न मन्दिर व्यवस्थापन समिति का अध्यक्ष , सदस्य समाजसेवी लगायतको उपस्थिति रहेको थियो
    मन्दिर व्यवस्थापन संरक्षक खगराज बरालको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा रहेका थिए ।
    मन्दिर सञ्चालक समिति सदस्य राम प्रसाद सुवेदी द्वारा स्वागत गरिएको कार्यक्रम को सञ्चालन मन्दिर अध्यक्ष भरत कुमार बस्नेतले गरेका थिए

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button