Above Article Ad
  • कागेश्वरी मनोहरा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

    Above Article Content Ad
  • काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    आलापोटस्थित सडकमा बागमती प्रदेश ०२–०३७ प ०९०३ नम्बरको मोटरसाइकल र बा ७१ प १४७१ नम्बरको मोटरसाइक्ल आपसमा ठोक्किएका थिए ।

    Article inline ad #1
  • शनिबार राति दुर्घटना हुँदा बागमती प्रदेश ०२–०३७ प ०९०३ नम्बरको मोटरसाइकलका चालक उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका २१ वर्षीय राजन कटुवालको मृत्यु भएको हो ।

    दुर्घटनमा गम्भीर घाइते उनी नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

    Article inline ad #2
    बा ७१ प १४७१ नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
     अनलाईन खबर
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6