Above Article Ad
  • निर्देशक प्रकाश धितालको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो “अझै माया गर” सार्वजनिक

    Above Article Content Ad
  • काठमाडौँ- सांगीतिक क्षेत्रमा अर्को प्रेमिल प्रस्तुति थपिएको छ। युट्युबमार्फत प्रेमिल कथालाई समेटिएको नयाँ गीतको म्युजिक भिडियो “अझै माया गर” सार्वजनिक भएको हो । सार्बजनिक भिडियोको गीतमा बिशाल निरौला र अन्नु चौधरीको स्वर सजिएको यो गीतले दर्शक श्रोताको मन जित्न अपेक्षा गरिएको छ ।

    प्रेममा आउने उतार-चढावलाई गीतकार बिपिन मर्मले सरल र सशक्त शैलीमा प्रस्तुत गरेका छन् भने, संगीतकार ज्ञानेन्द्र गिरीको धुनले गीतलाई अझ सजीव बनाएको छ । उक्त म्युजिक भिडियो सुनिल दवाडीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङ बिशाल निरौलाले नै गरेका हुन्।

    Article inline ad #1
  • सार्वजनिक गीतको भिडियोमा कलाकार द्वय शिशन सिङ बल र जुना सुन्दासले अभिनय गरेका छन्, जसले प्रेम, वियोग र आशाको संवेदनालाई जीवन्त अभिनयमार्फत प्रभावशाली रूपमा प्रस्तुत गरेका छन्।

    Article inline ad #2

    भिडियोको निर्माण पक्ष पनि अत्यन्त बलियो देखिन्छ । भिडियोमा साबिना गुरुङको मेकअप,सुर्य ओलीको व्यवस्थापन, रोशन विश्वकर्माको सह–निर्देशन, उत्सव दाहालको आकर्षक छायांकन र बिकाश दाहालको सम्पादन तथा रङ संयोजन उल्लेखनीय छ ।

    विशेष गरी भिडियोको सम्पूर्ण दृष्टिकोणलाई सजीव र कलात्मक बनाउने काम निर्देशक प्रकाश धितालले अत्यन्त कौशलतापूर्वक गरेका छन् । उनले गीतको भावनात्मक पक्षलाई दृश्यात्मक सौन्दर्यसँग समायोजन गर्दै दर्शकको हृदय छुने खालको निर्देशन प्रस्तुत गरेका छन् ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by