
४ जना मृत अवस्थामा फेला
Above Article Content Ad
काठमाडौँ – देशका विभिन्न चार जिल्लामा चार जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा बिहीबार उनीहरू मृत फेला परेका हुन् ।
सुनसरीको इनरुवा नगरपालिका–८ खोरिया टोलस्थित बाटोको नालामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, मोरङको केराबारी गाउँपालिका–२ फाईवा बस्ने ३१ वर्षीया पार्वती लिम्बु सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
Article inline ad #1
यसैगरी, सिन्धुलीको मरिण गाउँपालिका–२ मुङ्ग्रे दोभान बस्ने ६५ वर्षीय मान बहादुर माझी सोही ठाउँस्थित मरिण खोलाको किनारमा बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
Article inline ad #2
त्यस्तै, तनहुँको ब्यास नगरपालिका–१० दुम्सीकोट बस्ने ६७ वर्षीय मिन बहादुर थापा सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट आवश्यक अनुसन्धान भइरहेको समाचार कक्षले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















