Above Article Ad
  • क्षमताभन्दा बढी भार बोक्ने सवारीमाथि ट्राफिकको कडाइ, ४५७ कारबाहीमा

    Above Article Content Ad
  • धनगढी: सुदूरपश्चिम प्रदेशमा तोकिएको क्षमताभन्दा बढी भार बोकेर सञ्चालन भएका ४५७ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। नियमविपरीत भार बोकेका ती सवारी साधनबाट ३ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना समेत असुल गरिएको प्रहरीले जनाएको छ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि ३० गतेसम्म ओभरलोड बोकेका सवारी साधनमाथि कारबाही गरिएको हो।

    Article inline ad #1
  • प्रहरी उपरीक्षक कार्कीका अनुसार ओभरलोडका कारण सडकमा सवारी सञ्चालन असुरक्षित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले प्रदेशका विभिन्न स्थानमा चेकजाँच तथा अनुगमनलाई कडाइ गरिएको छ।
    ३ हजार ४८९ सवारी कारबाहीमा
    साउन महिनाको पहिलो ३० दिनमा सुदूरपश्चिम प्रदेशभर ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ४८९ वटा सवारी साधन कारबाहीमा परेका छन्। उनीहरूबाट कुल ३७ लाख ९० हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    यस अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १ हजार ८७ जना चालकलाई समेत कारबाही गरिएको छ। उनीहरूबाट ४ लाख ३८ हजार रुपैयाँ जरिवाना असुल भएको छ।

    मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूको दुईपटक स्वास्थ्य परीक्षण गर्दा ७ जनामा लागूपदार्थ सेवन गरेको पोजेटिभ देखिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ भने एक जना चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय डडेल्धुरालाई पत्राचार गरिएको छ।

    स्वामित्व नखुलेका मोटरसाइकल नियन्त्रणमा
    ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था, भार क्षमता, नम्बर प्लेट तथा आवश्यक कागजातको समेत नियमित चेकजाँच गरिरहेको जनाएको छ। कैलाली र कञ्चनपुरमा तीनपाङ्ग्रे अटोमा सिरियल नम्बर सहितको स्टिकर टाँस्ने अभियानसमेत सञ्चालन गरिएको छ।

    यसैगरी, स्वामित्व नखुलेका १७ वटा मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी कैलाली भन्सार कार्यालय धनगढी पठाइएको छ। गैरकानुनी रूपमा सञ्चालन गरिएका तथा धनी नखुलेका मोटरसाइकल नियन्त्रण गर्ने क्रममा विभिन्न मोडलका थप १५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए।
    सवारी तथा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई सामाजिक सञ्जालबाट समेत पहिचान गरी कारबाही गर्ने अभियानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ। सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएका कालो स्टिकर हटाउने, अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनमा स्पष्ट नम्बर प्लेट राख्न लगाउने तथा सवारी साधनको यान्त्रिक परीक्षण गर्ने कामसमेत भइरहेको छ।

    एक महिनामा २०३ दुर्घटना, १२ जनाको मृत्यु
    सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ। अत्तरिया–धनगढी ६ लेन सडकखण्डमा गोदावरी नगरपालिका, स्वास्थ्य संस्था, यातायात व्यवसायी तथा चालक–सहचालकको सहभागितामा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

    प्रहरीका अनुसार साउन १ गतेदेखि ३० गतेसम्म सुदूरपश्चिम प्रदेशमा २०३ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १०३ जना गम्भीर र १९८ जना सामान्य घाइते भएका छन्।

    दुर्घटना न्यूनीकरणका लागि ओभरलोड, मादक पदार्थ सेवन तथा अन्य ट्राफिक नियम उल्लंघनविरुद्धको कारबाहीलाई थप प्रभावकारी बनाइने प्रहरी उपरीक्षक कार्कीले बताएका छन्

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6