Above Article Ad
  • आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

    Above Article Content Ad
  • काठमाडौँ-प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।  मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    बैठकमा सत्तारुढ दल रास्वपाबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने कि दलको उपनेताले सम्बोधन गर्ने भन्ने विषय टुंगो लागेको छैन । यसबारे केही बेरमा बस्ने संसदीय दलले टुंगो लगाउने सचेतक प्रकाशचन्द परियारले जानकारी दिए । प्रमुख प्रतिपक्ष दल तथा नेपाली कांग्रेस दलका नेता भीष्मराज आङ्दाम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

    Article inline ad #1
  • पूर्वप्रधानमन्त्रीको हैसियतले सम्बोधनका लागि प्रचण्डले विशेष समय माग गरेका छन् । निर्वाचित भएपछि उनले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । हिजो बसेको दलको बैठकमा सरकारले संसद् छलेर अध्यादेश ल्याएको, उचित व्यवस्थापन नगरी काठमाडौँ उपत्यकाका नदी किनारबाट सुकुम्बासी बस्ती हटाएको लगायत विषयमा सरकारको खबरदारी गर्ने निर्णय गरेको थियो । यस्तै श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क बहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन् । बजेट अधिवेशनको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6