
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला
Above Article Content Ad
काठमाडौँः काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ।
नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर्षीया निशा सुनुवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
Article inline ad #1
प्रहरीका अनुसार सुनुवार कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी थिइन्। सुनुवारको हत्या भएको प्रहरीको आशङ्का छ। उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
Article inline ad #2
सुनारको हत्या भएको आशङ्कामा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। सुनुवारको सनाखत गर्न अहिलेसम्म कुनै पनि आफन्त सम्पर्कमा नआएको प्रहरी उपरीक्षक भट्टराईले बताए।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad














