Above Article Ad
  • सुदूरपश्चिममा भुवा पर्वका अवसरमा भोलि सार्वजनिक बिदा

    Above Article Content Ad
  • धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले पुस ४ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ

    भुवा पर्वका अवसर पारेर प्रदेश सरकारले शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यो पर्व पहाडका विभिन्न जिल्लासहित तराईमा पनि मनाइने गरिएको छ। विशेष गरेर बाजुरा, बझाङबाट बसाइँ सरेर तराई झरेकाले कैलाली, कञ्चनपुरमा यो पर्व मनाउने गरेका छन्। यस पर्वका अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिइएको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ।

    Article inline ad #1
  • द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरबार र ढाल नचाउँदै खुसियाली मनाइएको र त्यसैको सम्झनामा भुवो खेल खेल्ने चलन भएको बताइएको छ। यसैबिच बाजुरेली सेवा समाजले धनगढीमा भुवो पर्व महोत्सव आयोजना गर्ने भएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6