Above Article Ad
  • न्यु भानु युवा क्लबद्वारा कला संस्कृतिको जागेर्नाका लागि आयोजित एकदिने देउडा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास, २४ मंसिर ।
    कञ्चनपुरको पुनर्वासमा सुदूरपश्चिमेलीहरूको गौरव देउडा नाचलाई जोगाउन स्थानिय युुवाहरु अघि सरेका छन् ।

    देउडा खेल्ने संस्कृति लोप हुन लागेको भन्दैे सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित पुनर्वास नगरपालिका भानुबस्तीमा स्थानिय न्यू भानुु युवा क्लबले देउडा खेलको आयोजना गरेका हुन् ।

    Article inline ad #1
  • मध्य तथा सुदुर पश्चिमको अलग्गै पहिचान बोकेको देउडा भाका लोपोन्मुख अवस्थामा पुग्न थालेपछि स्थानीय कला संस्कृति जोगाउनुु पर्छ भन्दै कञ्चनपुुरको पुनर्वासमा देउडा नाच सम्पन्न गरिएको होे ।
    देउडालाई सुदूरपश्चिम प्रदेशको मुल संस्कृतिको रुपमा हेरिन्छ । देउडा खेललाई महिला र पुरुषको माया प्रितीको भारी बिसौनीको रुपमा पनि खेलिने गरिन्छ । एका पट्टी महिला र अर्को पट्टी पुरुष बिस्तारै वाङ्गो तरिकाले लाम बसेर खेलिने भएकोले पनि यसलाई देउडा भनिएको यसका जानकारहरु बताउँछन् ।
    स्थानीय कला, संस्कृतिको जगेर्ना र कलाकारको संरक्षणको लागि देउडा नाच गरिएको स्थानिय बुुद्धिजिवी पदम थापाले बताए। उनले भने हिजोका दिनमा कैसैको विवाह हुँदा, मेला, पर्वहरूमा देउताका नाममा पूजाआजा गरेपछि आफैँले गाएर देउडा खेलेर रमाइलो गरिन्थ्यो । त्यसकारण देउडा नाच एवम् ‘कला संस्कृति जगेर्ना हाम्रो अभियान र नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो उद्देश्य हो ।

    Article inline ad #2

    त्यसैगरी संस्कृतिप्रतिको उदासीनताका कारण सुदूरपश्चिम लगायत कर्णालीका स्थानीय मौलिक संस्कृति बोकेको देउडा लोप हुँदै गएको अवस्थामा कला, संस्कृतिको जर्गेना तथा एक अर्कामा आपसी सदभाव बढाउने उद्धेश्यले देउडा खेलको आयोजना गरिएको क्लबका सचिव जय सिँह ठकुरीले जानकारी दिए ।

    त्यस्तै स्थानिय युुवा हिमेश थापाले सुदूरपश्चिम प्रदेशकोे मौलिक संस्कृति बोकेको देउडा बिस्तारै बिस्तारै लोप हुदै गएको अनुभूति भएको बताए । नयाँ पुस्ताले नसिक्ने हो भने त्यो एउटा इतिहास मात्रै बन्ने हो कि भन्ने चिन्ता लागेको उनकोे भनाइ छ ।

    नयाँ पिँढीले संरक्षण गर्न नचाहनु, र पश्चिमा संस्कृति माथिको प्रलोभनका कारणले मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेको देउडा नाचलाई स्थानीय स्तरबाट नव पिढीले कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ देउडा नाच राखेपछि स्थानीयहरु देउडा खेल हेर्न र नाच्न निकैनै उत्साही भएको देखिन्छ । बाईट

    पहिले पहिले सुदूरपश्चिम, कर्णाली र आसपासका क्षेत्रमा मात्र लोकप्रिय बनेको देउडा अचेल भने राजधानी काठमाडौं सहित अन्य देशमा पनि यसको लोकप्रियता बढेको छ । पुरानो संस्कृति पुस्तान्तरण हुन सकेको छैन, त्यसैले केही समस्या भएको बताउदै , अध्यक्ष थापाले भने, तैपनि यो आफ्नो संस्कृति मौलिकता हो, आफ्नो पहिचान हो,यसलाई जगेर्ना गर्नुपर्छ । तसर्थ पुरानो संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण गर्न आवश्यक भएको बताए ।

    मध्य तथा सुदुर क्षेत्रकै एक अदभुत कला तथा संस्कृतिलाई जोगाइराख्न अब युवा शक्ति अघि आउनुपर्ने देखिन्छ अन्यथा यो देउडा संस्कृति पनि लोप भएर जाने देखिए पछि पुनर्वास नगरपालिका–५ स्थित न्यु भानु युवा क्लवको खेलमैदानमा क्लबकै आयोजनामा एक दिने देउडा खेल आयोजना गरिएको थियो । प्रतियोगितामा देउडा कलाकार यज्ञ थापा र धनसरा साउँद लगायतका स्थानीय देउडा खेलाडीहरुको प्रस्तुती रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button