पृथ्वी पशुपालन सहकारीको १० औं वार्षिक साधारण सभा सम्पन्न
पुनर्वास –कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित श्री पृथ्वी पशुपालन महिला सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुधबार जनजागरण सामुदायिक बनको सभाहलमा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष निर्मला बिष्टको अध्यक्षता तथा बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाका निर्वतमान मेयर जिवनराज थापा, केन्द्रिय दुग्ध सहकारी संघका केन्द्रिय सञ्चालक सदस्य भरत बिष्ट, पुनर्वास–८ का वडाध्यक्ष राना श्रवण, कञ्चनपुर बहुउद्धेश्यीय संघका अध्यक्ष्ँ दानबहादुर रावल,सुदुरपश्चिम प्रदेश संघका लेखा संंयोजक डिल्लीप्रसाद शर्मा रहनुभएको थियो । भने विभिन्न व्यक्तित्वहरु अतिथीमा असिन थिए ।
१ हजार २ सय ३७ जना महिला शेयर सदस्य रहेको सो सहकारीले आर्थिक वर्ष २०७७÷०७८ को ४ करोड ७९ लाख ७४ हजार ९३ रुपैयाँ आयव्यय सार्वजनिक गरेको छ । भने १२ लाख ५८ हजार ८ सय ८१ रुपैयाँ शुद्ध नाफा गरेको प्रतिवेदनमा प्रष्ट छ । संस्थाकी कर्मचारी डासी भण्डारीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सहकारीकी व्यवस्थापक पुष्पा रोकायाले गरेकी थिईन ।