
कञ्चनपुरको लालझाडीमा प्रेम सम्बन्ध टुटेको भन्दै युवकले विष सेवन गरेको आशंका
कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकाका एक युवकले प्रेम सम्बन्ध टुटेको भन्दै विष सेवन गरेको आशंका गरिएको छ।
ती युवकका अनुसार उनीहरूबीच विगत तीन वर्षदेखि लिभिङ टुगेदर सम्बन्ध थियो। लागूऔषध दुर्व्यसनमा फसेपछि आफूले छ महिना कारागार सजाय भुक्तान गरेको र घर फर्किएपछि प्रेमिकाले अर्कै व्यक्तिलाई माया गर्न थालेको थाहा पाएको उनले बताएका छन्।
सोही घटनापछि मानसिक तनावमा परेर आफूले विष सेवन गरेको युवकको भनाइ छ। यद्यपि, उनले वास्तवमै विष सेवन गरेका हुन् वा होइनन् भन्नेबारे पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको मातहतमा रहेको पुनर्वासस्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज कडायतका अनुसार युवकलाई थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाउने तयारी गरिएको छ।
घटनाबारे थप विवरण तथा युवकको स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी आउन बाँकी छ।















