
ज्ञानेन्द्र शाही निर्वाचित जुम्लामा पुर्व कानुनमन्त्री भण्डारीकाे पहलमा ३५ अर्बको परियोजना
जुम्ला , मंसिर २३। विकट क्षेत्रको रुपमा रहेको कर्णाली प्रदेशको जुम्लामा १५० मेघावाटकाे जलविद्युत परियोजना सञ्चालन हुने भएकाे छ ।
नेकपा माओवादीका जुम्ला ईन्चार्ज तथा कर्णाली प्रदेशका पुर्व कानुन तथा आन्तरिक मामिला मन्त्री नरेश भण्डारीकाे पहलमा १५० मेघावाटकाे अहिलेसम्मकै ठुलो परियोजना सञ्चालन हुने भएकाे हो ।
उर्जा, जलश्राेत तथा सिंचाई मन्त्री पम्फा भुसालकाे अध्यक्षतामा बुधबार बसेकाे विद्युत प्राधिकरणकाे बाेर्ड बैठकले जवा तिला जलविद्युत आयाेजना अगाडी बढाउने निर्णय गरेकाे छ ।
उक्त जलविद्युत परियोजना करिब ३५ अर्ब बराबरकाे रहेकाे प्राधिकरणले जनाएकाे छ ।
यसले जुम्लाबासीकाे सुविधासंगै आयस्तर र देशकै अर्थतन्त्रमा ठुलाे याेगदान पुग्ने देखिन्छ ।
जुम्लामा भर्खरै निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले शपथ खान नपाउदै पुर्व कानुनमन्त्री भण्डारीले जलविद्युत परियोजना ल्याउन सफल भएका हुन् । यसअघि सम्म कुनै मन्त्री र सांसदले यति ठुलाे याेजना ल्याउन सकेका थिएनन ।