
जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी कञ्चनपुरबाट पक्राउ
Above Article Content Ad
कञ्चनपुर- कञ्चनपुरमा जबरजस्ती करणी मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका फरार दोषीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका–४ बगुनका ३९ वर्षीय देबराज भट्टलाई शनिबार दिउँसो आफ्नै घरबाट पक्राउ गरिएको हो। उनलाई अस्थायी प्रहरी बिट दैजीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
Article inline ad #1
जिल्ला अदालत कञ्चनपुरले २०७१ मंसिर २४ गतेको फैसलामा भट्टलाई जबरजस्ती करणी मुद्दामा १ वर्ष १० महिना ५ दिन कैद सजाय सुनाएको थियो।
Article inline ad #2
प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका भट्टलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















