Above Article Ad
  • पुनर्वासका रामचन्द्र नेपाल सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त

    Above Article Content Ad
  • कैलाली -सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कञ्चनपुरका रामचन्द्र नेपाल नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका संरक्षक कमल बहादुर शाह ले नेपाललाई कुलपतिमा नियुक्त गरेका हुन्।

    त्यस्तै, कञ्चनपुरकी सरस्वती दाहाल उपकुलपतिमा नियुक्त भएकी छन् भने कैलालीका सुरत रावत सदस्य सचिवमा नियुक्त भएका छन्।

    Article inline ad #1
  • प्रतिष्ठानको सदस्यमा डोटीकी कृष्णा सिराडी र बझाङका विष्णुभक्त खैर नियुक्त भएका छन्। सिफारिस समितिको निर्णयअनुसार मुख्यमन्त्री शाहले उक्त नियुक्ति गरेका हुन्।

    Article inline ad #2

    यसअघि नै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका २२ जना प्रज्ञा सभा सदस्य नियुक्त भइसकेका छन्। नयाँ नेतृत्व नियुक्त भएसँगै प्रतिष्ठानको संस्थागत गतिविधि, भाषा, साहित्य, कला, संस्कृति तथा अनुसन्धानका क्षेत्रमा कामले थप गति लिने अपेक्षा गरिएको छ।

    सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा बौद्धिक क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि प्रज्ञा प्रतिष्ठान गठन गरेको हो। नयाँ पदाधिकारीहरूको नियुक्तिसँगै प्रतिष्ठानले आगामी कार्यक्रम तथा योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6