Above Article Ad
  • कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

    Above Article Content Ad
  • सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ ।

    सरकारले आर्थिक वर्ष २०८३–०८४ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले कात्तिकको १७ र १८ गते खुवाउने तयारी गरेको हो ।

    Article inline ad #1
  • स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाले भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने जानकारी दिए ।

    Article inline ad #2

    भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने भएको छ । भिटामिन ‘ए’ सबै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकेको छ ।

    सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

    राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6