Above Article Ad
  • मन्त्री घिसिङको निर्देशन:महाकाली नदीमा तटबन्धको काम वर्षा यामअघि सम्पन्न गर्न

    Above Article Content Ad
  • कञ्चनपुर-ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र आसपासका बस्तीको सुरक्षाका लागि नदी किनार संरक्षण तथा तटबन्ध सवलीकरणको काम तत्काल अगाडि बढाउन निर्देशन दिएका छन्।

    महाकाली पुल र नदी कटान भएको क्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री घिसिङले तटबन्ध निर्माणको जिम्मेवारीबारे देखिएको अन्योल तत्काल समाधान गरी काम सुरु गर्नुपर्ने बताए। आगामी वर्षायामअघि काम सम्पन्न हुन नसके पुल र नदीको बायाँ किनारतर्फको बस्ती बाढीको उच्च जोखिममा पर्ने उनको भनाइ छ।

    Article inline ad #1
  • उनले सडक विभाग र महाकाली पुल आयोजना व्यवस्थापनलाई तटबन्ध व्यवस्थापनको काम ढिलाइ नगरी अगाडि बढाउन निर्देशन दिए। महाकाली नदीमा निर्माण सम्पन्न चार लेनको पक्की पुलले दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्नुका साथै निर्माणाधीन सुख्खा बन्दरगाहलाई समेत लक्षित गरेको छ।

    Article inline ad #2

    पुललाई बाढीबाट जोगाउन मन्त्रिपरिषद्को २०८२ जेठ ६ गतेको निर्णयअनुसार महाकाली पुल आसपास नदीबीच जम्मा भएको नदीजन्य पदार्थ हटाउने र बाढीजन्य विपद् न्यूनीकरणका लागि अस्थायी नदी नियन्त्रणको काम नेपाली सेनामार्फत गराइएको थियो। त्यसअनुसार सेनाले आपत्कालीन रूपमा अस्थायी संरचना निर्माण गरेको थियो।

    तर ती संरचना अस्थायी प्रकृतिका भएकाले थप सवलीकरण आवश्यक रहेको जनाइएको छ। पुलको माथिल्लो तटीय बायाँ किनारमा सेनाले करिब ३०० मिटर निर्माण गरेको संरचनालाई मजबुत बनाउनुपर्ने अवस्था छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by