Above Article Ad
  • नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना हुने

    Above Article Content Ad
  • काठमाडौं -नेपालले सन् २०२६ मा हुने महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता

    आयोजना गर्ने भएको छ। आईसीसीले घोषणा गरेअनुसार उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ।

    Article inline ad #1
  • १० राष्ट्र सहभागी रहने प्रतियोगिताबाट शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपका लागि स्थान बनाउनेछन्। यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुनेछ ।

    Article inline ad #2

    बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्‍वालिफायरका लागि स्वतः छनोट भएका छन्।

    एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् । नेपालले पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो । उता अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ।

    अफ्रिका र युरोपबाट दुई-दुई तथा इस्ट एसिया-प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन आ–आफ्नो क्षेत्रीय छनोटपछि टुंगो लाग्नेछ।

    नेपालमा हुने ग्लोबल छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सुपर सिक्स चरण र अन्तिममा फाइनल खेल हुनेछ।

    प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक गरिनेछ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by