Above Article Ad
  • स्पष्टीकरण माग घर बिदा भनेर गएका डीएसपी बेपत्ता

    Above Article Content Ad
  • काठमाडौं: सरकारले नेपाल प्रहरी अस्पतालमा कार्यरत डीएसपी डा. कृष्णमणी चापागाईंलाई स्पष्टीकरण सोधेको छ।

    गृह मन्त्रालयले लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। यदि तोकिएको समयमा स्पष्टीकरण नदिए प्रहरी नियमावली, २०७१ को नियम ११३ (च) अनुसार कारबाही गरिने र भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनी दिइएको छ।

    Article inline ad #1
  • १५ दिन बिदा, तर फर्किएनन्

    Article inline ad #2

    प्रहरी अस्पतालको रेडियोलोजी टेक्नोलोजी शाखामा दरबन्दी भई रेडियोलोजी विभागमा कार्यरत डीएसपी चापागाईंले गत कात्तिक १४ गतेदेखि १५ दिनको घर बिदा स्वीकृत गराएका थिए। त्यसपछि फेरि १४ दिन थप बिदा लिएर मंसिर २५ गतेसम्म अनुपस्थित भए। तर, त्यसपछि न त अस्पताल फर्किए, न त कुनै जानकारी गराए।

    गृह मन्त्रालयका अनुसार उनको स्थायी वतनमा खोजतलास गर्दा पनि सम्पर्क हुन सकेन। प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ (२) अनुसार सूचना टाँस गर्ने प्रक्रिया पूरा गरिसकिएको भए पनि उनले सम्पर्क गरेका छैनन्।

    अब के हुन्छ?

    यदि डीएसपी चापागाईंले सात दिनभित्र लिखित स्पष्टीकरण नदिए, कारबाही प्रक्रिया अघि बढ्नेछ। मन्त्रालयले यसलाई अनुशासनहीनता र गैरजिम्मेवारीपनको रूपमा लिएको बताएको छ।

    सरकारी सेवामा रहेका उच्च प्रहरी अधिकृत नै लामो समयसम्म बिना जानकारी अनुपस्थित रहनुले नेपाल प्रहरीको आन्तरिक प्रशासनमा प्रश्न उठाएको छ। अब चापागाईंले स्पष्टीकरण दिने कि सेवाबाट हटाइने भन्ने विषय चाँडै टुंगो लाग्ने छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by