Above Article Ad
  • राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी

    Above Article Content Ad
  • काठमाडौं -राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

    शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिनजति ढिलाइ हुने भएको हो ।

    Article inline ad #1
  • राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो ।

    Article inline ad #2

    ‘प्राविधिक पाटोमा धमाधम काम भइरहेको छ । २५ साउनभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ,’ उनले भने ।

    गत ११ वैशाखका लागि तय भएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

    विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले गत २० चैत देखि २९ दिन आन्दोलन गरेका कारण परीक्षा सारिएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by