Above Article Ad
  • दशरथ रंगशालामा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम नेपालमा सुरु, प्रधानमन्त्रीबाट उद्घाटन

    Above Article Content Ad
  • काठमाडौं -विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ।

    बिहीबार दशरथ रंगशालामा आयोजित समारोहका बीच औपचारिक रूपमा ‘फुटबल फर स्कूल्स’ कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

    Article inline ad #1
  • एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पदाधिकारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले बेलुन उडाएर कार्यक्रमको शुभारम्भ गरे । समारोहमा खेलकुदमन्त्री तेजुलाल चौधरी, अर्थमन्त्री विष्णु पौडेलको पनि सहभागिता थियो ।

    Article inline ad #2

    विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित यस कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

    यस कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको समेत सहकार्य रहेको छ ।

    विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रुपमा सक्षम बनाउने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको एन्फाले जनाएको छ

    कार्यक्रमअन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण, प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम, र फुटबललाई शिक्षणको माध्यमका रूपमा प्रयोग गरी जीवनोपयोगी सीपहरू जस्तै अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिताका बारेमा सिकाइनेछ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by