
राष्ट्रिय शिक्षा दिवस : एसपिएल एकेडेमीद्वारा हाजिरी जवाफ प्रतियोगिता
पुनर्वास– “ज्ञान विज्ञान सिप,उद्यम र मौलिकता ः साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मुलनारा सहित ४३ औं राष्ट्रिय शिक्षा दिवस एसपिएल एकेडेमीले पनि मनाएको छ ।
बुधबार माध्यामिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरी एसपिएल एकेडेमीले पनि ४३ औं राष्ट्रिय शिक्षा दिवस मनाएको हो ।
पुनर्वास नगरपालिका अन्तर्गतका १४ वटा निजि तथा सामुदायिक माध्यमिक बिद्यालयहरुको सहभागिता मध्ये आयोजक एसपिएल एकेडेमीले प्रथम स्थान हासिल गरेको प्रिन्सिपल खगेन्द्र जोशीले जानकारी दिए ।
त्यस्तै दोस्रो स्थान पुनर्वास नगरपालिका–२ स्थित सरस्वति माध्यमिक बिद्यालय, ,तेस्रो स्थान पुनर्वास नगरपालिका–६ स्थित युगज्योति एकेडेमी र सान्त्वना पुरस्कार पुनर्वास नगरपालिका–१ स्थित नवयुग बिद्या निकेतनले प्राप्त गरेको थियो ।
आयोजक बिधालयले प्रथम पुरस्कार ५ हजार,द्वित्तिय पुरस्कार ३ हजार,तृतिय पुरस्कार २ हजार र सान्त्वना पुरस्कार एक हजार तय गरेको थियो ।