Above Article Ad
  • साईन नेपालद्वारा डोटीको आदर्शका ८७ आमाहरुलाई पौष्टिक आहार

    Above Article Content Ad
  • डोटी:मानवीय सेवामा अनेकौं प्रयास नामक संस्था साईन नेपाल कैलालीले डोटीको आदर्श गाउँपालिकाका मातृ शिशुहरुलाई पौष्टिक आहार वितरण गरेको छ ।

    आईतबार साईन नेपालको आयोजना तथा आर्दश गाउपालीकाको सहकार्यमा   मातृशिशु आहार बितरण कार्यक्रम अन्तर्गत आदर्श गाउँपालिका- ५ का ८७ जना आमाहरुलाई वितरण गरिएको हो ।

    Article inline ad #1
  • कार्यक्रममा १२ महिना सम्मका बालबालीकाका   ८७ जना आमाहरुलाई चना,लिटो  ,भिटामिन तोरीको  तेल  आयोडिन नुन   एक  क्रेड अण्डा लगायतका सामाग्री बितरण  गरीएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।

    Article inline ad #2

    सो कार्यक्रम डोटीको पुर्बिचौकी गाउँपालिका- ५ र आर्दश गाउँपालिका- ५ मा तय गरिएको संस्थाका अध्यक्ष जोशीले बताए ।

    संस्थाका अध्यक्ष जोशीको  सभाध्यक्ष तथा  जिल्ला  समन्वय समिती  डोटीका प्रमुख  लक्ष्मण सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको बिशिष्ट अतिथीमा आर्दश गाउँपालिकाका अध्यक्ष गणेश खडका रहेका थिए ।त्यस्तै अतिथीमा उपाध्यक्ष लक्ष्मी रोकाया लगायतका व्यक्तिहरु आसिन थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by