Above Article Ad
  • गायक प्रकाश पौडेलको ‘बुढा बुढी’ नामक म्युजिक भिडियो बजारमा आउँदै

    Above Article Content Ad
  • काठमाडौं । गायक प्रकाश पौडेलले ‘बुढा बुढी’ नामक म्युजिक भिडियो बजारमा ल्याउने भएका छन् । कार्तिक २१ गते रमाइलो जनराको गीत ‘बुढा बुढी’को म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेको पौडेलले बताए ।

    कुनै समयको बहुचर्चित गीत ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ बोलको गीतका सर्जक गायक पौडेलले टिकटकमा रमाउनेहरुलाई लक्षित गर्दै बुढा बुढी गीत सृजना गरेको बताए । नेपाली संगीत क्षेत्रमा लागेको २५ वर्ष पूरा भइसकेको सो अवसरमा एउटा सांगीतिक कोसेली स्रोता दर्शक माझ ल्याउने निर्णय गरेको उनले बताए । पछिल्लो समय चर्चित ज्योतिषीको समेत परिचय बनाएका गायक पौडेलले लामो ग्याप पछि सांगीतिक क्षेत्रमा कमब्याक गरेको बताएका छन्।

    Article inline ad #1
  • पहिलो एल्बम थ्रि मच देखि अहिलेसम्म ६ वटा एल्बम सार्वजनिक गरिसकेका उनले ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ गीतका अतिरिक्त ‘कसैलाई नभन्नु ल, कानेखुसी, डक्टर साब भिटामिन लेख्दिनु, घाँस काट्ने खुर्केर, हास्ने गीत हाहाहा, सलाम वालेकुम, भुडेंभुडी, भोली छुट्टी’ लगायतका चर्चित एवं लोकप्रिय गीत गाएका थिए । बरिष्ठ संचारकर्मी एवं निर्देशक सुब्रत आचार्यले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहका साथमा गायक प्रकाश पौडेल, सानु सत्याल, कुमार लम्साल, सुधिर सापकोटा लगायतले अभिनय गरेका छन् ।

    Article inline ad #2

    गीत ‘बुढा बुढी’को शब्द र स्वर गायक पौडेलको हो भने संगीत दीपराज नेयोङहाङले गरेका छन् । सुरज श्रेष्ठले एरेन्ज गरेको यो गीतको म्युजिक भिडियो उत्सव दाहालले छायाकंन गरेका हुन् । यस्तै, भिडियो सम्पादन विकास दाहालको छ । म्युजिक भिडियोलाई ओएसआर म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिने जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6