नेपाल लाइफ इन्स्योरेन्स बेलौरी शाखाको आयोजनामा अभिकर्ता बनभोज कार्यक्रम सम्पन्न
Above Article Content Ad
पुनर्वास- जीवन बीमाको क्षेत्रमा सधै पहिलो नम्बरमा रहने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बेलौरी शाखाद्वारा शनिबारका दिन शाखाका अभिकर्ता र कर्मचारीहरुको पर्यटकीय स्थल शोभा तालमा वनभोज कार्यक्रम सम्पन्न गरिएको छ ।
मानवलाइ काम आराम र मनोरंजन सवैको जरुरी हुन्छ । निरन्तर कामको थकानले गलित भएकाहरुका लागि शोभा ताल पिकनिक स्थल गतिलो बिकल्प हुन सक्ने सम्भावना छ ।
Article inline ad #1
समयमा गोडमेल नगरेको बिरुवाले संतोषजनक रुपमा प्रतिफल दिन सक्दैन । बेला बेलामा आयोजना गरिने पिकनिक कार्यक्रमले अभिकर्ता तथा कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धि हुनुका साथै कामको थकानबाट पुनर्ताजगी भइ थप कार्य सक्षमता प्राप्त हुने गर्दछ ।
Article inline ad #2
४५ जना सहभागीता रहेको उक्त कार्यक्रममा सहभागीहरुको मनोरंजनार्थ आवश्यक नाचगान, देउडा खेलको ब्यवस्था गरिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
+1
+1
Below Article Content Ad