Above Article Ad
  • रास्वपाको वेबसाइटबाट महामन्त्रीको नाम हट्यो

    Above Article Content Ad
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालको नाम वेबसाइटबाट हटाएको छ । रास्वपाको केन्द्रीय समिति बैठकले बुधबार ढकाललाई कारबाही स्वरुप एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

    उक्त निलम्बनसँगै पार्टीको वेबसाइटमा रहेको केन्द्रीय कार्यसमितिको सूचीमा ढकालको नाम छैन ।

    Article inline ad #1
  • वेबसाइटमा फोटोसहित पहिलो नम्बरमा सभापति रवि लामिछाने, दोस्रोमा उपसभापति डीपी अर्याल र तेस्रोमा स्वर्णिम वाग्लेको नाम छ । तर, महामन्त्रीको स्थान समेत खाली नछाडी एकैपटक सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम राखिएको छ ।

    Article inline ad #2

    रास्वपाले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै उनलाई निलम्बनको निर्णय गरेको हो । निलम्बनमा परेसँगै ढकालले ३८ जिल्ला घुमेर तयार गरेको पार्टीको हालको अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गरेका छन् । उक्त प्रतिवेदनमा पार्टी समस्यामा रहेको ठहर गरिएको छ । सोही प्रतिवेदनपछि पार्टीमा हलचल उत्पन्न भएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button