Above Article Ad
  • कञ्चनपुरको शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या ३०६ पुग्यो

    Above Article Content Ad
  • कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षणका लागि राखिएका कृष्णसारको सङ्ख्या ३०६ पुगेको छ।सुरुवातमा बर्दिया र नेपालगञ्जबाट ल्याइएका ४२ वटा कृष्णसार १० वर्षमै आठ गुणाले वृद्धि भएपछि व्यवस्थापनमा चुनौती थपिएको हो। निकुञ्ज प्रशासनका अनुसार हाल हिरापुर फाँटाको ६० वर्गकिलोमिटर क्षेत्रमा तारबार (इन्क्लोजर) लगाएर कृष्णसारलाई सीमित गरिएको छ।

    निकुञ्जको पछिल्लो तथ्यांक अनुसार हाल १४४ पोथी, ११७ भाले र ४५ पाठापाठीसहित ३०६ वटा कृष्णसार छन्। सुरुवाती वर्षहरूमा भालेबीचको लडाइँ र जुकाका संक्रमणका कारण मृत्यु दर उच्च देखिएको थियो। तर पछिल्लो समय संख्या बढ्ने दर उत्साहजनक रहेको छ।निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले भने, ‘सङ्ख्या बढेपछि अब व्यवस्थापन रणनीति फेरबदल आवश्यक भएको छ। इन्क्लोजर विस्तार, खुला चरण अनुमति, चितवन वा अन्य निकुञ्जमा स्थानान्तरण जस्ता विकल्पमा छलफल भइरहेको छ।’

    Article inline ad #1
  • तर, ढकालले हाल आर्थिक स्रोतको अभावका कारण विस्तृत अध्ययन र स्थानान्तरण प्रक्रिया तत्काल अघि बढ्न नसक्ने बताए। निकुञ्जको आगामी पञ्चवर्षीय योजनामा कृष्णसार व्यवस्थापनसम्बन्धी कार्यक्रम समावेश गरिएको जनाइएको छ। संरक्षणकर्मीहरूका अनुसार अब केही कृष्णसारलाई चरण गर्दै खुला वातावरणमा छाडेर व्यवहार अध्ययन गर्ने तयारी भइरहेको छ। तर, अहिलेसम्म कुनै ठोस निर्णय भइसकेको छैन।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by