Above Article Ad
  • सिन्धुलीको गोलन्जोर एकै परिवारका १६ जना परिवारका सदस्य बेपत्ता, पोखरामा भेटिए

    Above Article Content Ad
  • काभ्रेपलाञ्चोक  –सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएर पोखरामा भेटिएका उर्मिला हायूका परिवारले मध्यरातमा घर छाडेर हिँडेको पाइएको छ ।

    एकै परिवारका १६ जना परिवारका सदस्य बेपत्ता भएपछि दिनभर स्थानीय जनप्रतिनिधिदेखि प्रहरी प्रशासनसम्म खोजी कार्यमा लागेको थियो ।

    अन्तत: उनीहरू पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएका हुन् ।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, उक्त परिवारले गत साउन १० गते राति १ बजे आफ्नो थातथलो छाडेका थिए ।

    Article inline ad #2

    मधेश प्रदेश ०४-००१ ज ००८१ नम्बरको ईभी भ्यानमा खनियाँखर्क–सिन्धुली–हेटौंडा–मुग्लिन हुँदै पोखरा पुगेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

    ‘ईभी चालक जीवनसँगको कुराकानीको अधारमा रातको १ बजे घरबाट निस्केको देखियो, अझै किन निस्के, किन घर छाडे भन्नेबारेमा प्रहरीले सोधपुछ गरेपछिमात्र थाहा हुन्छ,’ सुवेदीले भने ।

    पोखरामा भेटिएका हायू परिवार भन्छन्- सिन्धुली फर्कन्नौं, धेरै बिरामी पर्‍यौं

    ईभी चालक जीवनले पोखराको लेकसाईडमा रहेको जननी होटलमा लगेर छाडेका थिए । होटलबाट निस्किएका उनीहरू पोखराको गगनगौंडा भन्ने ठाउँमा पुगेका थिए ।

    स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा पुगेर उनीहरूले आफूहरू ज्यामी काम गर्न आएको भन्दै शरण लिएका थिए ।

    उनीहरुलाई खोज्न जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रसासन कार्यालय  र प्रहरी कार्यालय रामेछापको टोली परिचालित भएका थिए ।

    सम्पर्कविहीन भएका उनीहरूको मोबाइलको अन्तिम लोकेशन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको थियो ।

    रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको नेतृत्वमा  रामेछापमा रहेका हायू समुदायको प्रत्येक घरमा प्रहरी पुगेको थियो ।

    रामेछाप नगरपालिका ९ सेलेघाटदेखि रामेछाप बजारसम्म, हराएकी उर्मिलाको माईतीको घरमा समेत प्रहरी पुगेको थियो ।

    सिन्धुली र रामेछाप लगायतका विभिन्न स्थानका प्रसासन, स्थानीय जनप्रतिनिधि लाग्दा पनि नभेटिएका उनीहरू पोखरामा भेटिएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by