
पुनर्वास महोत्सव : सुरुवातीमा दर्शकको अभाव नायक शाहको प्रस्तुतिदेखि थामिनसक्नु भीड
पुनर्वास-सुरुवातीमा दर्शकको अभाव खड्किएको कञ्चनपुरको पुनर्वास महोत्सवमा नौ दिनसम्म आइपुग्दा थामीनसक्नु भिड देखिन थालेको छ ।
नायक पल शाहको प्रस्तुतिसँगै दर्शकको घुइँचो लाग्न थालेपछि मङ्गलबार मोडल तथा गायिका ज्योति मगर र गायक बद्री पंगेनीको प्रस्तुतिसम्म दर्शकहरूको थामिनसक्नु भीड देख्न सकिन्थ्यो ।
पुनर्वास उद्योग वाणिज्य सङ्घले १५ वर्षपछि लगाएको सो महोत्सवमा सुरुवातीमा दर्शकको उपस्थिति कमका कारण आयोजकमा केही निराशा छाए पनि पछिल्ला दिनहरूमा भने महोत्सवले कञ्चनपुरको दक्षिणी क्षेत्र पुरै रमाएको पाइन्छ।
महोत्सवमा हालसम्म अपेक्षा अनुसार दर्शकहरुले अवलोकन गरेको आयोजकको अनुमान छ ।
आज अन्तिम दिन (चैत्र ४ ) महोत्सवमा चर्चित गायक चक्रबम लगायतका अन्य कलाकारहरूको समेत प्रस्तुति रहनेछ। अन्तिम दिन भएका कारण पनि दर्शकहरूको भीडले महोत्सव हाउसफुल हुनसक्ने महोत्सव व्यवस्थापन टिमले जनाएको छ ।















