Above Article Ad
  • कार्तिक २३ देखि पुनर्वासको त्रिभुवन युवा क्लबद्वारा वडाध्यक्ष कप पुरुष फुटबल हुने

    Above Article Content Ad
  • पुनर्वास– कंचनपुरको पुनर्वासमा निर्वाचन क्षेत्र नम्बर –१ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता –२०८१, “वडा अध्यक्ष कप“ हुने भएको छ ।

    मंगलबार त्रिभुवन युवा क्लबद्वारा पुनर्वास–६ को सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्तिक २३ देखि निर्वाचन क्षेत्र नम्बर –१ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता –२०८१, “वडा अध्यक्ष कप“ हुने जनाएको हो ।

    Article inline ad #1
  • क्लबका सचिव भरत बोहराले विगतका वर्षहरु देखि खेल आयोजना गर्दै आएपनि यस वर्ष वडाध्यक्ष कपका नामले फुटबल आयोजना राखिएको बताउनुभयो । स्थानीय खेलाडीको उत्पादन र युवाहरुलाई खेलकुद तर्फ आर्कषण गर्ने उद्धेश्यले पुनर्वास नगरपालिका–६ वडा कार्यालयको आर्थिक सहयोगमा त्रिभुवन युवा क्लबले आफ्नै खेलमैदानमा सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

    Article inline ad #2

    निर्वाचन क्षेत्र नम्बर –१ भित्रका २२ टिमको सहभागिता रहने सो प्रतियोगितामा वडा बाहिरका ४ जना खेलाडी मात्र खेलमा सहभागी गराउन पाईने क्लबका अध्यक्ष जितबहादुर तामाङले बताउनुभयो ।
    त्यस्तै, कार्यक्रमका सभापति तथा पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मित्र सिँह लामाले भौतिक संरचना मात्रै नभई खेकुद विकासमा पनि स्थानीय सरकारको भुमिका रहनुपर्ने बताउनुभयो । उहाँले स्थानीय खेलाडी उत्पादन मुख्य उद्धेश्य भएकाले जित्ने अठोटसँगै सबै खेलाडीहरुलाई अनुशासित र मर्यादित भएर खेल प्रदर्शन गर्न अनुरोध गर्नुभएको छ ।
    प्रतियोगितामा प्रथम पुरस्कार एक लाख र द्धित्तिय पुरस्कार ५५ हजार सहित सानदार ट्रफी राखेको छ ।

    No description available.No description available.No description available.

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by