
धनगढीमा आयोजित कन्सर्टमा लफडा, १८ जना पक्राउ
Above Article Content Ad
धनगढी-कैलालीको धनगढीमा आयोजित कन्सर्टमा लफडा भएको छ। सो क्रममा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।
शुक्रबार राति कुमा सागरको प्रस्तुति रहेको कन्सर्टमा विवाद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए।
Article inline ad #1
मादक पदार्थ सेवन गरी कन्सर्टमा होहल्ला र उपद्रो मच्चाएको आरोपमा १८ जनालाई पक्राउ गर्दै जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बिष्टले बताए।
Article inline ad #2
धनगढीस्थित ओम प्यालेसमा कन्सर्ट आयोजना गरिएको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको बिष्टले बताए।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















