Above Article Ad
  • पुनर्वासको पैसट्ठी बिघा क्षेत्रमा अस्थायी डम्पिङ साईड निर्माण

    Above Article Content Ad
  • धनबहादुर बिक   कञ्चनपुर  जिल्लाको पुनर्वास जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका अन्तर्गत आई वी आर डी बजारको फोहोरमैला व्यवस्थापन का लागि नगरपालिकाले सक्रियता देखाएको छ ।

    बजार क्षेत्रमा बढ्दै गईरहेको फोहोरमैला का कारण बजार क्षेत्र दुर्गन्धित हुन थालेपछि नगरपालिकाले सक्रियता देखाई अस्थायी रूपमा भएपनि व्यवस्थापन गर्न थालेको हो ।

    Article inline ad #1
  • Article inline ad #2

    हालका लागि बजारको उत्तर तर्फ राष्ट्रिय आवास कम्पनीको स्वामित्व मा रहेको ६५ बिघाह जग्गाको पश्चिम तर्फ गहिरो खाल्डो खनि उक्त स्थान मा कर्कट पाताले घेराबन्दी गरि फोहोर बिसर्जन गर्ने योजना  रहेको पुनर्वास नगरपालिका उप प्रमुख भुलिया कुमारी रानाले बताउनुभयो ।

    फोहोरमैला व्यवस्थापन गर्ने निश्चित डम्पिङ साईट नभए सम्म हालका लागि सोही ठाउँमा फोहोर बिसर्जन गरिने र निकट भबिस्यमा डम्पिङ साईट को टुंगो लागेपछि उक्त स्थान मा फोहोरमैला फालिने बजार समिति सचिव शेषकान्त पन्थिले बताए ।

    फोहोरमैला निश्चित ठाउँमा विसर्जन गर्न बुधबारदेखि दुई तीन दिन बजारवासी लाई सूचना प्रवाह गरिने र सूचनाको अवज्ञा गरिएमा जरिवाना समेत गरिने सह सचिव धनराज मोक्तानले बताए । सडने गलने फोहोर र नसडने फोहोर लाई व्यापारी आफैले छुट्टाउनु पर्ने बजारवासीलाई जानकारी गरि सकिएको सहसचिव मोक्तानले बताएका छन ।

    बजारमा फोहोरमैला फैलिन थालेपछि मंगलबार बजार व्यवस्थापन समिति पदाधिकारीले नगर प्रमुख तोया प्रसाद शर्मा समक्ष लिखित अनुरोध गरेपछि नगरपालिकाले तदारुकता देखाई अस्थाई डम्पिङ साइटको व्यवस्थापन गरेको हो ।

    यस अघि नगर उप प्रमुख भुलिया कुमारी रानाको संयोजकत्वमा बजारवासी, प्रहरी, नगरपालिका कर्मचारी , पत्रकार को व्यापक सहभागीतामा पुनर्वास को आई वि आर डी बजार तथा त्रिभुवनबस्ति टाउन बजार क्षेत्र सरसफाइ अभियान सम्पन्न गरेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button