Above Article Ad
  • कञ्चनपुरमा भत्किएको झोलुंगे पुल बनाइने, मुख्यमन्त्री स्थलमै पुगे

    Above Article Content Ad
  • बुधबार बिहान महाकाली नदीमा आएको बाढीले पुलको पिलर बगाएपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाट सरलले पुलको स्थलगत अनुगमन गर्दै यथाशक्य संघीय सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर छिटो पुनर्निर्माणका लागि प्रदेश सरकार तयार रहेको बताएका हुन्।

    मन्त्री भाटले पुल नेपाल सरकारको क्षेत्राधिकारमा रहे पनि संघीय सरकार वा सम्बन्धित निकायले पुनर्निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई दिए आवश्यक प्रक्रिया अघि बढाएर पुल निर्माण गर्न तयार रहेको बताए।

    Article inline ad #1
  • ‘संघीय सरकार वा सम्बन्धित निकायले पुनर्निर्माणको जिम्मेवारी प्रदेशलाई दिए प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाएर पुल बनाउन तयार छ,’ उनले भने, ‘प्रदेशको प्राविधिक टोलीले अध्ययन सुरु गरिसकेको छ।’

    Article inline ad #2

    उनका अनुसार पुल पुनर्निर्माणका लागि आवश्यक प्राविधिक प्रक्रिया, क्षेत्राधिकार र बजेट व्यवस्थापनका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाइनेछ।

    उनीसँगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पनि बाढीले क्षतिग्रस्त पुलको स्थलगत अनुगमन गरेका छन्। उनले पुलको क्षतिको अवस्था र तत्काल गर्नुपर्ने पहलका विषयमा जानकारी लिएका थिए।

    झोलुंगे पुलको एक भाग भत्किएपछि दोधारा–चाँदनी र भीमदत्त नगरपालिकाबीचको आवागमन प्रभावित भएको छ। पुल पुनर्निर्माणका लागि संघीय सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने प्रदेश सरकारले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6