
अरनिको सैनिक कप : मंगलबार भएका दुई खेलमा सुदुरपश्चिम-११ र न्यु भानु युवा क्लब विजयी
पुनर्वास- कंचनपुरको पुनर्वासमा जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन भएको छ ।
अरनिको युवा क्लबद्वारा आयोजित अरनीको छैठौं सैनिक कप फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबार दुई खेल सम्पन्न भएको हो ।
प्रतियोगिताको तेस्रो खेल शिदार्थ युवा क्लब बुद्धबस्ती र सुदुरपश्चिम-११ क्लब बीच भएको थियो । उक्त खेलमा शिदार्थ युवा क्लबलाई सुदुरपश्चिम-११ युवा क्लबले शुन्यका विरुद्ध ३ गोल प्रहार गर्दै विजयी भएको थियो ।
त्यस्तै, चौथो खेल न्यु भानु युवा क्लब (निलो) र के.एफ.सी. दोधारा क्लब बीच भएको थियो । खेल निकै प्रतिस्पर्धामा देख्दा दर्शकहरूको सहभागीता उल्लेख्य थियो । अन्तमा दोधारा क्लबलाई न्यु भानु युवा क्लब (निलो) ले एकका विरुद्ध ४ गोल प्रहार गर्दै विजयी भएको हो । स्वर्गीय प्रकाश दहाल प्रतिष्ठानको प्रथम तथा बिज्ञान एसआर म्यानेजमेन्ट प्रा.लि.काठमाडौको द्वितीय पुरस्कार रहेको प्रतियोगितामा विभागीय टिम सहित १९ टिमको सहभागिता छ ।