
पाचौं भजहर कप सुरुः दोस्रो दिन नेपाल पुलिस र कर्मचारी ग्रुप विजयी
Above Article Content Ad
धनगढी : कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भईरहेको निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा नेपाल पुलिस क्लब धनगढी र कर्मचारी ग्रुप विजयी भएका छन् ।
थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको निसर्ग हस्पिटल पाचौं भजहर कपको दोस्रो दिन भएको पहिलो खेलमा नेपाल पुलिस क्लब धनगढी र दोस्रो खेलमा कर्मचारी ग्रुप धनगढी जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका छन् ।
Article inline ad #1
थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















