Above Article Ad
  • त्रियुगा नदीको बाढीले जन्ती पुर्‍याएर फर्किएको बस बगायो

    Above Article Content Ad
  •  काठमाडौं-उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई-बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले जन्ती पुर्‍याएर फर्किएको बस बगाएको छ ।

    सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्‍याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगा नदीमा आएको बाढीले बगाएको हो ।इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताले बस सोमबार राति ११ बजे त्रियुगा नदीमा आएको बाढीमा बगेर डुबेको बताए ।उनले अनलाइनखबरसँग भने, ‘यो बस सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्‍याएर फर्किने क्रममा थियो। तर दिउँसोदेखि नै पानी परेकाले त्रियुगा नदीमा बाढी आएको थियो। बस राति ११ बजे जन्ती पुर्‍याएर फर्कने क्रममा बीच नदीमै फस्यो।असई मेहताका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेका छन् । नदीमा डुबेको उक्त बस निकाल्न क्रेन बोलाइएको छ । न्‍यू प्रतिसारा यातायातद्वारा सञ्चालिक उक्त यात्रुबाहक बस धरान-बेल्टार रूटमा चल्‍ने गरेको असई मेहताले बताए ।

    Article inline ad #1
  • भाँचिएको पुल नबन्दा स्थानीयलाई बर्खामा सास्ती

    Article inline ad #2

    चौदण्डीगढी नगरपालिका-५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमा बाढी आउँदा बर्खायाममा यहाँका जनताले प्रत्‍येक वर्ष सास्ती भोग्नु परेको छ । अझ रोचक त के छ भने, यही ठाउँमा बनेको पक्कीपुल उद्घाटनअघि नै भाँचिएपछि यस क्षेत्रका बासिन्दा बर्खायाममा सास्ती भोग्न बाध्य भएका हुन् ।वर्षायाम नजिकिँदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्‍यान जोखिममा राखेर नदी तर्न बाध्‍य हुन्छन्।

    उदयपुरको सिवाई-बेल्हा जोड्‍ने सडक बाढीले बगायो

    पुल नहुँदा चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हाका बासिन्दा बढी समस्यामा परेका स्थानीय भास्कर चौधरी बताउँछन् । उनी भन्छन्, ‘जब-जब बर्खायाम सुरु हुन्छ, अनि हामीलाई त्रियुगा नदीको बाढीले तर्साउँछ। कतिबेला बाढी बस्तीमा पस्ने हो, थाहै हुन्न। हामी जहिले त्रासमै बाँचेका हुन्छौं।’उनका अनुसार १२ वर्षपछि त्रियुगा नदीमा पुल बनेको थियो । तर उक्त पुल उद्‌घाटन नहुँदै भत्किएपछि यहाँका बासी (सिवाई-बेल्हा) ज्यान जोखिममा राखेर तर्न बाध्‍य हुने गरेको उनको भनाइ छ ।

    हिउँदमा ह्युमपाइप राखेर अस्थायी बाटो बनाए पनि बर्खायाम सुरु नहुँदै नदीले आफ्नो रौद्र रूप देखाउन थाल्‍ने चौदण्डीगढी-५का वडाध्यक्ष तुसलसीराम ढकाल बताउँछन् । उनी भन्छन्, ‘दैनिक वर्षाको कारण नदीमा पानीको बहाव बढ्दै जान थालेपछि बेल्टार बजार आउजाउ गर्नुपर्नेहरू डराउँछन् । हामी बर्खायाम आउन नपाउँदै नदीमा वारपार गर्न सतर्क हुनुपर्छ। अझ मनसुन सुरु भएपछि त वारिका बासी वारि र पारिका बासी पारि नै बस्नुपर्ने बाध्यता छ।’

    चौदण्डीगढीस्थित सिवाई-बेल्हा जोड्‍ने उक्त पुलको मर्मत तथा पुनःनिर्माणमा कसैले चासो नदेखाएको वडाअध्‍यक्ष ढकालको गुनासो छ। ‘हामीले पटक-पटक संघीय सरकारलाई गुहार मागेका हौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर पुल बनाइदिन आग्रह गरेका हौं। उहाँले संसदमा पनि आफ्नो भाषणमा पुल अब नयाँ डिजाइनमा बन्ने आश्वासन दिनुभयो। तर अहिलेसम्म यहाँ हेर्न पनि आएका छैनन्,’ उनले पीडा पोखे।त्यसअघि संघीय सरकारको भौतिक मन्त्रालयमा भाँचिएको पुल बनाइदिन भौतिकमन्त्रीहरूलाई ज्ञापनपत्र बझाएर माग गरे पनि कुनै सुनुवाइ नभएको वडाध्यक्षले बताए ।

    सिवाई-बेल्हा जोड्‍ने यो पुल २०६६ सालमा शिलान्यास भई २०७८ मा निर्माण सम्पन्न हुने चरणमा पुगेको थियो । तर  निर्माण सकिनै लागेको पक्की पुल त्रियुगाको बाढीले बगाएको थियो ।  बाढीले पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ ।यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई-मधेशसँग जोड्ने गर्छ । साथै उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ। तर पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउ-जाउ गर्न समस्या भएको छ ।बाढीले क्षति पुगेको पुलमा २५/ २५ मिटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ । पुलको लम्बाई ३ सय ७ मिटर र ५ मिटर चौडाइ रहेको छ ।पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6