Above Article Ad
  • गर्मी बढ्दै गएको चिसो पेयको लत: हरेक घुट्कीले घटाइरहेको छ आयु !

    Above Article Content Ad
  • गर्मी बढ्दै छ र यससँगै चिसो पेय पदार्थहरूको खपत पनि तीव्र हुँदैछ। गर्मीको प्रभावले उकुसमुकुस बनाउँदा, एक गिलास टक्क चिसो पेयले छुट्टै सन्तुष्टि दिन सक्छ, जसलाई प्रायः ‘चरम आनन्द आउँछ’ भनेर व्यक्त गर्ने गरिन्छ।

    हाम्रो समुदायमा चिसो पेय पदार्थको लोकप्रियता गर्मीसँग मात्र सीमित छैन। चाडपर्व, उत्सव, साथीको जन्मदिनमा मात्र नभई सराद्धेमा समेत कोक, पेप्सी, स्प्राइट र फ्यान्टा जस्ता पेयको खपत हुन्छ। कहिलेकाहिँ यस्तो लाग्छ कि यी पेय पदार्थहरू हाम्रो सामाजिक जीवनको हिस्सा बन्न पुगेका छन्। अवस्था यस्तो आइसक्यो, यी पेयलाई हाम्रो राष्ट्रिय पेय पदार्थको रूपमा घोसित गर्न मात्र बाँकी छ।

    Article inline ad #1
  • यो प्रवृत्ति केवल गर्मीसँग सम्बन्धित छैन, यसले हाम्रो समाजको संस्कृति र सामाजिक गतिविधिहरूसँग पनि गहिरो नाता बनाइसकेको छ।

    तर, यो केही क्षणको सन्तुष्टिले जीवनभरको खुशी त छिन्दैन?

    Article inline ad #2
    चिसो भनेको सामान्य तरिकाले बुझ्ने हो भने चिनी, पानी अनि सोडा हो, जसमा थप स्वाद र रंग मिसाइन्छ। सोडाका कारण स्वास्थ्यमा थुप्रै असर पर्दछ जस्तै वजन बढ्नु, इन्सुलिन प्रतिरोध हुनु र रगतमा बोसोको अस्वस्थ स्तर बढ्नु। साथै सोडामा रहेको चिनी सजिलै शरीरमा अवशोषित हुने गर्दछ। किनभने यो मात्र चिनी र पानी हो। हालैका प्रमाणहरूले देखाएका छन् कि सोडा सेवनले आन्द्राको सूक्ष्मजीव समुदाय (गट माइक्रोबायोम) मा परिवर्तन ल्याउन सक्छ, जसले मधुमेहको जोखिम बढाउन सक्छ।

    सेल मेटाबोलिजममा प्रकाशित भएको चिनीयुक्त पेय पदार्थको  सेवन र मधुमेहको जोखिम सम्बन्धी अध्ययनका अनुसार जनावरहरूमा गरिएको अनुसन्धानले देखाएको छ कि सोडामा पाइने प्रमुख चिनीहरू- फ्रुक्टोज र ग्लुकोज-को सेवन निम्नसँग सम्बन्धित छ:

    •    आन्द्राको ब्याक्टेरियाको विविधता घट्नु, जुन अस्वस्थ सूक्ष्मजीव समुदायको संकेत हो।
    •    छोटो शृंखलाका फ्याटी एसिडको स्तर घट्नु, जसलाई ‘राम्रा’ आन्द्राका ब्याक्टेरियाले उत्पादन गर्छन् र समग्र स्वास्थ्यलाई समर्थन गर्छन्।
    •    सुन्नाई सँग सम्बन्धित ब्याक्टेरियाको मात्रा बढ्नु।

    यसैगरी, जुलिया बइस्नर र समुहले १२ महिलामा गरेका  एक सानो अध्ययनले देखाएको छ कि उच्च फ्रुक्टोजको सेवनले ब्युटिरेट नामक छोटो शृंखलाको फ्याटी एसिड उत्पादन गर्ने ‘राम्रा’ ब्याक्टेरियाको संख्या घटाउन सक्छ।

    स्टिना राम्ने र उनका समुहले गरेको अध्ययनले पनि चिनीयुक्त पेय पदार्थहरूको र सोडाको सेवनले आन्द्राको सूक्ष्मजीव समुदायमा हानिकारक परिवर्तन ल्याउन सक्ने दर्शाएका छन्।

    यसैगरी, ताओ यान र समूहले गरेका चिनियाँ अध्ययनको निष्कर्ष छ- जो व्यक्तिहरूले सोडा पिए, तिनीहरूको रगतमा केही ब्याक्टेरियल मेटाबोलाइटहरू पाइएका छन्, जसले स्वास्थ्यमा हानी पुर्याउँछ।

    तर, हालै भएको अध्ययन पहिलो हो जसले सोडा सेवन, आन्द्राको सूक्ष्मजीव समुदाय, रगतमा ब्याक्टेरियल मेटाबोलाइटहरू र टाइप २ मधुमेहको जोखिम बीचको सम्बन्धको अनुसन्धान गरेको छ। सेल मेटाबोलिजममा प्रकाशित भएको एक नयाँ अध्ययनको निष्कर्षअनुसार चिनीयुक्त पेय पदार्थको सेवन आन्द्राको सूक्ष्मजीव समुदायमा ९ विशेष ब्याक्टेरियाको स्तरको वृद्धिसँग सम्बन्धित छ।

    जब यी सूक्ष्मजीवहरूले खाना पचाउँछन्, तिनीहरूले केही कम्पाउण्डहरू वा मेटाबोलाइटहरू उत्पादन गर्दछन्। वैज्ञानिकहरूका अनुसार यी रासायनिक तत्वहरूले टाइप २ मधुमेहको जोखिम बढाउँछन्। रगतमा चिनीको उच्चस्तर सँगै उच्च बि.एम.आइ र राम्रो कोलेस्टेरोलको मात्रा पनि कम गराउँछन्।

    सोडाले टाइप २ मधुमेहको जोखिम बढाउँछ। त्यसैले यसलाई सकेसम्म नियन्त्रण  गर्नुपर्छ र जोड दिन हुँदैन। यदि तपाईंलाई चिसो पेय पदार्थको तलतल भइरहेको छ भने, पानी सधैं उत्तम विकल्प हुन्छ। तर, यदि तपाईंलाई फिज्जी पेयको चाहना छ भने, कम चिनी भएको स्पार्कलिङ पानी प्रायः राम्रो विकल्प हो।

    चिसो पेयको मोह छुट्टै छ, गर्मी होस् या चाडपर्व, बिना कुनै सोच-विचार झन्-झन् गिलास भरिँदै छ! अब रोजाइ तपाईंको हो— क्षणिक चिसोपनको मज्जा कि दीर्घकालीन स्वास्थ्य? कि अझै पनि ‘एउटा बोटलले के नै बिगार्ला र?’ भन्ने मानसिकता राख्ने? सोच्नुहोस्, शरीरले हरेक घुट्कोमा मूल्य चुकाइरहेको छ। आजैदेखि नै सचेत हुनुहोस्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by