Above Article Ad
  • धनगढीमा पाँच करोड २७ लाखको सिद्धनाथ माविमा भवन निर्माण हुँदै

    Above Article Content Ad
  • धनगढी : धनगढी उपमहानगरपालिका–१२ को सिद्धनाथ माध्यमिक विद्यालयमा पाँच करोड २७ लाख बढीको भवन निर्माण हुँदैछ।

    सिद्धनाथ माध्यमिक विद्यालय, जुगेडामा पाँच करोड २७ लाख ३३ हजार ६२१ रुपैयाँको लागतमा विद्यालय भवन निर्माण हुने भएको हो। भारत सरकारको ‘नेपाल–भारत विकास साझेदारी’ कार्यक्रम अन्तर्गत धनगढीको सिद्धनाथ माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ।

    Article inline ad #1
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत धनगढी उपमहानगरपालिकाले गत वर्ष नै धनगढीका पाँच वटा नमुना विद्यालयको भवन निर्माण गर्न डिपिआर तयार गरेर र काठमाडौंस्थित भारतीय राजदुताबामा पेस गरेको थियो। पहिलो चरणमा जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको हो।

    Article inline ad #2

    विद्यालय भवनको निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर हुने बित्तिकै बोलपत्र आह्वान गरिने उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरले वडा नम्बर ९ को भवानी मावि, वडा नम्बर ११ को ठेकराज मावि, वडा नम्बर १६ को बेहडाबाबा मावि र वडा नम्बर १८ को चन्द्रोदय माध्यमिक विद्यालय भवनको डिपिआर तयार गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत भारती दूतावासमा पठाइएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6