Above Article Ad
  • अत्तरियाबाट पेट्रोल र विद्युतीय अटोमा सिरियल नम्बरयुक्त ट्राफिक स्टिकर अभियान सुरु

    Above Article Content Ad
  • धनगढी-कैलालीको अत्तरिया चौराहाबाट पेट्रोल तथा विद्युतीय अटोमा सिरियल नम्बरयुक्त ट्राफिक स्टिकर जडान अभियान सुरु गरिएको छ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नवराज कार्कीको उपस्थितिमा अभियान सुरू गरिएको हो।

    Article inline ad #1
  • अभियानअन्तर्गत पहिलो चरणमा ६० वटा अटोमा सिरियल नम्बरयुक्त ट्राफिक स्टिकर जडान गरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार स्टिकर जडानको मुख्य उद्देश्य चालक अनुमतिपत्र ९लाइसेन्स० तथा सवारीका आवश्यक कागजात पूरा गरेका अटोको सहज पहिचान गर्नु हो।

    Article inline ad #2

    स्टिकरमा रहेको सिरियल नम्बरका आधारमा ट्राफिक प्रहरीले अनुगमन तथा चेकजाँचलाई थप प्रभावकारी बनाउन सक्ने विश्वास गरिएको छ। यसबाट ट्राफिक व्यवस्थापनमा सुधार हुनुका साथै अटो चालकलाई पनि सहजता हुने अपेक्षा गरिएको छ।

    कार्यालयले आगामी दिनमा आवश्यक मापदण्ड पूरा गरेका सबै अटोमा क्रमशः सिरियल नम्बरयुक्त ट्राफिक स्टिकर जडान गर्ने योजना रहेको जनाएको छ। अभियानमा अटो चालक तथा व्यवसायीहरूको सकारात्मक सहयोग प्राप्त भएको पनि कार्यालयको भनाइ छ।

    यसैबीच, हालसम्म चालक अनुमतिपत्र नलिएका अटो चालकलाई निश्चित समयसीमा दिई लाइसेन्स बनाउन आग्रह गरिने र तोकिएको अवधिभित्र पनि लाइसेन्स नबनाए मुख्य सडकमा अटो सञ्चालन गर्न नदिने तयारी रहेको प्रहरी उपरीक्षक कार्कीले बताए।

    उनका अनुसार अभियानको प्रमुख उद्देश्य सडक सुरक्षालाई थप मजबुत बनाउनु, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनु तथा कानुनी प्रक्रिया पूरा गरेका सवारीसाधनको व्यवस्थित पहिचान सुनिश्चित गर्नु हो।

    यो अभियानअन्तर्गत सुदूरपश्चिममा सञ्चालित सम्पूर्ण तीन पाङ्ग्रे अटोमा स्टिकर जडान गरिने छ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6