डोटी-तराइ जोड्ने द्रुतमार्ग का लागि उक्त्त बजेट बिनियोजन भएपछी डाेटिमा खुशीयालि छाएको छ ।
डोटिका सामाजिक अभियान्ता,समाजसेवी तेजबहादुर डुम्रेलले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री राम शरण महतलाई धन्यवाद दिएर स्टाटस लेखेका छन ।

प्राय: चुनावी एजेन्डा मात्रै बनेको खुटिया दिपायलका लागि यति ठूलो रकम सार्वजनिक भएपछि राजपुरका स्थानीय अमित नेपालीले पनि खुशी व्यक्त गरेका छन्
उनी मात्र होइनन् दिपायल सिलगगढि -५ बस्ने स्थानीय राेशन काेलिले पनि अर्थमन्त्रीलाई स्टाटस लेखेर बधाई दिएका छन्
संघिय सरकारबाट सो बजेट विनियोजनको खबरले डोटीबासीहरुले संघिय सरकारलाई धन्यवाद दिंदै सामाजिक संजालहरुमा धन्यवाद दिन थालेका छन ।
खुटिया-दिपायल द्रुतमार्ग छिटो सम्पन्न गर्न डोटी चेम्बरले गत बर्षको डोटी प्रार्देशिक महोत्सवमा तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायाण काजि श्रेष्ठ समक्ष माग राखेका थिए ।मन्त्रि श्रेष्ठले उक्त द्रुतमार्ग निर्माणमा बजेट बिजियोजन गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
सो आयोजनामा यस अघि १५ करोड त्यसपछि २५ करोड र अहिले ७५ करोड रुपैयाँ बजेट बिनियाेजित भएको हो। तत्कालीन सुदुर पश्चिमका मुख्यमन्त्री त्रिलाेचन भट्ट खुटिया दिपायल ट्रयाक खाेल्न सफल भएपछि सरकारि गाडी सहित धनगढी दिपायल पुग्नु भएको थियो |
स्मरण रहाेस डाेटि चेम्बर अफ कमर्स डाेटिले आयोजना गरेको महाेत्सवमा तत्कालीन भाैतिक मन्त्री नारायण काजी श्रेष्ठले १५ करोड बजेट व्यवस्थापन गर्ने बताउनुभएको थियो ।
