Above Article Ad
  • कैलालीका विभिन्न स्थानमा ३ जनाको मृत्यु

    Above Article Content Ad
  • धनगढी: कैलालीको टीकापुरमा सवारी दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

    टीकापुर नगरपालिका–७ को बटनपुरस्थित भित्री सडकखण्डमा २जेठको बिहान करिब १० बजे पैदल हिँडिरहेकी ४० वर्षीया दिपा चौधरीलाई १८ वर्षीय लोकेन्द्र साउँदले चलाएको से७ प६९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।मोटरसाइकलको ठक्करबाट चौधरीको टाउको र भित्री अंगमा गम्भीर चोट लागेको थियो।

    Article inline ad #1
  • घाइते चौधरीलाई तत्काल टिकापुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज, बाँके रिफर गरिएको थियो। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उपचारकै क्रममा बिहीबार दिउँसो चौधरीको मृत्यु भएको जनाएको छ।यस्तै कैलालीमा पानीमा डुबेर बालकको मृत्यु भएको छ। गोदावरी नगरपालिका–४ हाडखोली खोलाको पानीमा डुबेर एक ८ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    खोलामा डुबेर गौरीगंगा नगरपालिका–४ का प्रकाश ढोलीका ८ वर्षीय छोरा कृस नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए। उनकाअनुसार बिहीबार दिउँसो करिब १ हाडखोली खोलामा बनेको तालमा पौडी खेल्ने क्रममा बालक डुबेका थिए।त्यस्तै कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ।गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीबार राति बेहोस अवस्थामा भेटिएका नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बेहोस भेटिएका उनलाई प्रहरीले उपचारका लागि पद्यमा अस्पताल पुगाएको बताए तर पद्यमा अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो।उनको सेती प्रादेशिक अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले जानकारी दिए। मृतकको पहिचान भने खुुलेको छैन। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6