Above Article Ad
  • बालाजु क्षेत्रमा प्रहरीका दुईवटा गाडीमा आगजनी, डेढ दर्जन प्रहरी घाइते

    Above Article Content Ad
  • काठमाडौं : बालाजु क्षेत्रमा यातायात मजदुर संगठनले गरेको प्रर्दशनलाई नियन्त्रण गर्न बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

    अहिले अवस्था सामान्य भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी हिमालय कुमार श्रेष्ठले बताए।
    ‘अवस्था सामान्य भएको छ। सडकमा राखिएका केही गाडीहरु पन्छाउने काम भइरहेको छ,’ एसएसपी श्रेष्ठले भने।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रर्दशन चर्किएपछि सशस्त्र प्रहरी पनि घटनास्थलमा पुगेको थियो। काठमाडौं उपत्यकाको ४ वटा गण  र एउटा गुल्मबाट गरेर २ सय ६५ जना सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

    Article inline ad #2
  • यातायात मजदुरहरुको विरोध प्रदर्शन हिंसात्मक बनेको थियो। जसकारण बालाजु र गोङ्ग्बु क्षेत्र विरोध प्रदर्शनका कारण तनावग्रस्त बनेको थियो। पासाङ ल्हामु राजमार्गको प्रवेशविन्दु नै बन्द गरेका यातायात मजदुरले माछापोखरीमा प्रहरीका दुईवटा भ्यान जलाइदिएका छन्। त्यस्तो प्रहरीको एउटा अस्थायी विटमा पनि लागोलागी गरेका छन्।

    प्रर्दशनको क्रममा १७ जना प्रहरी घाइते भएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button