Above Article Ad
  • सुदूरपश्चिम शैक्षिक परामर्श संघको संयोजकमा रेग्मी

    Above Article Content Ad
  • धनगढी-नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को सुदूरपश्चिम प्रदेश संयोजकमा हेमन्त रेग्मी चयन भएका छन्। शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका रेग्मी ‘ड्रिम एजुकेसन फाउन्डेसन’ का व्यवस्थापकीय निर्देशक हुन्, जसको सेवा धनगढी र काठमाडौं दुवै स्थानबाट निरन्तर रूपमा प्रदान हुँदै आइरहेको छ।

    रेग्मीले विशेषगरी सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरूलाई लक्षित गरी गुणस्तरीय, पारदर्शी र विश्वासिलो शैक्षिक परामर्श प्रदान गर्दै आएका छन्।

    Article inline ad #1
  • वैदेशिक अध्ययनका नाममा हुने भ्रम, गलत सूचना र अवैध गतिविधिबाट विद्यार्थीलाई जोगाउन उनले आफ्नो संस्थामार्फत निरन्तर सचेतना र मार्गदर्शन गर्दै आएका छन्। जापान, अष्ट्रेलिया, बेलायत र दक्षिण कोरिया जस्ता देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि सही प्रक्रिया र कानुनी बाटो देखाउनु उनको प्रमुख कार्यक्षेत्र रहँदै आएको छ।

    Article inline ad #2

    ‘ड्रिम एजुकेसन फाउन्डेसन’ मार्फत धनगढी तथा काठमाडौंबाट सेवा विस्तार गर्दै उनले सुदूरपश्चिमबाट पनि स्तरीय शैक्षिक परामर्श सम्भव छ भन्ने विश्वास स्थापित गर्न सफल भएका छन्।

    यस क्षेत्रमा उनको निरन्तर संलग्नता र अनुभवका कारण उनी शैक्षिक परामर्श व्यवसायमा परिचित र विश्वासिला व्यक्तित्वका रूपमा चिनिन्छन्।

    आज काठमाडौंको डिल्लिबजारस्थित इक्यानको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले रेग्मीलाई सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको हो।

    बैठक इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त जानकारी इक्यानका केन्द्रीय सचिव भबनाथ हुमागाईंले दिएका हुन्।
    इक्यानको सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी सम्हालेसँगै रेग्मीले शैक्षिक परामर्श व्यवसायलाई अझ व्यवस्थित र मर्यादित बनाउने, अवैध गतिविधि नियन्त्रण गर्ने, सदस्य संस्थाहरूबीच सहकार्य मजबुत बनाउने तथा इक्यान सदस्यहरूको हकहितका लागि सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    साथै विद्यार्थीको हित, अभिभावकको विश्वास र परामर्श क्षेत्रको विश्वसनीयता बढाउने उद्देश्यसहित कार्यक्रमहरू अघि बढाउने उनको भनाइ छ।

    उनको नेतृत्वमा सुदूरपश्चिम प्रदेशको शैक्षिक परामर्श क्षेत्र थप पारदर्शी, व्यवस्थित र जिम्मेवार बन्दै जाने अपेक्षा गरिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by